फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतद्वारा मिलेर संयुक्त रुपमा विकास गर्नुपर्ने मन्त्री वाङ्गको भनाइ

(GMT+08:00) 2015-03-08 20:08:15

   चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख चीनले भारतसँग दुई मुलुकका नेताहरुबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई राम्रोसँग व्यवहारमा उतार्ने र संयुक्त रुपमा अगाडि विकास गर्ने मनसाय लिएको कुरा बताउनुभएको छ।

    वाङ यीले सोही दिन बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको तेस्रो अधिवेशनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

    वाङ यीले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै गत वर्षको सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सी चिन फिङ्गले भारतको ऐतिहासिक भ्रमण गर्नुभएको थियो, चालू वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको भ्रमण गर्ने बेलामा चीन सरकार र चिनियाँ जनताद्वारा हार्दिक स्वागत गरिने कुरा बताउनुभयो।

    चीन र भारतको सीमा समस्याबारे चर्चा गर्दा उहाँले सीमा समस्या इतिहासदेखि बाँकी रहेको समस्या हो भन्दै धेरै वर्षको प्रयासपछि सीमा समस्यासम्बन्धी वार्तामा प्रगति भएको र सीमामा व्याप्त विवाद नियन्त्रण गरिएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ