फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा जातीय आदनप्रदानमा महत्व

(GMT+08:00) 2015-03-11 19:51:42

          चिनियाँ जन राजनीतिक परामर्श दात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिका स्थायी सदस्य एवं राष्ट्रिय जाति तथा धर्म समितिका अध्यक्ष चु वेइ छुइनले चीनको जातीय नीति सही एवं सफल भएको भन्दै सुधार तथा खुलापनपछि अन्तर्जातीय अनुपात माथि उकास्नुका साथै भावी जातीय कार्यमा चिनियाँ राष्ट्रिय जातिको एकतालाई ध्यान दिने कुरा व्यक्त गर्नुभएको छ। उहाँलेआज एघार तारिख विहान बाह्रौँ चिनियाँ जन राजनीतिक परामर्श दात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिकोतेस्रो अधिवेशनका क्रममा पत्रकार सम्मेलनउक्त कुरा बताउनुभएको हो।

         हाल चीनको जातीय नीतिमा जातीय समानता, जातीय एकता तथा जातीय क्षेत्रको स्वायत्त प्रणाली साकार तुल्याउने, राष्ट्रले अल्पसंख्यक जाति तथा जातीय क्षेत्रको आर्थिक विकास तथा सर्वसाधारणको जीवनस्तर सुधारगर्ने र अल्पसंख्यक जातीय संस्कृतिको संरक्षण तथा विकास गर्ने तथा अझ बढी अल्पसंख्यक जातीय पदाधिकारी तथा विभिन्न पक्षका दक्ष व्यक्ति उत्पादनको प्रयास गर्ने विषय समाबेश छन्।

          चु वेइ छुइनले पारस्पारिक जातीय संस्कृति सिक्नका लागि जातीय आदानप्रदानलाई महत्व दिने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ