फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ राष्ट्रिय जन-कंग्रेसको तेस्रो सम्मेलनको तेस्रो पूर्ण बैठक

(GMT+08:00) 2015-03-12 20:09:28

चौ छ्याङ्ग

         बाह्रौँ राष्ट्रिय जन-कंग्रेसको तेस्रो अधिवेशनले आज बाह्र तारिख जन बृहत सभा भवनमा तेस्रो पूर्ण बैठकको आयोजना गरेको छ। उक्त बैठकमा सर्वोच्च जनअदालत तथा सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयको कार्य प्रतिवेदन प्रस्तुत भएको छ।

         चीनको सर्वोच्च जनअदालतका प्रमुख चौ छ्याङ्गले प्रतिवेदनमा सर्वोच्च जनअदालतले गत वर्ष 11 हजार 2 सय 10 वटा मुद्दा दर्ता गरेर 9 हजार 8 सय 82 वटा मुद्दाको फैसला गरेको बताउँदै न्याय दिने क्षमताको भूमिका सकारात्मकरुपमा निर्वाह गरेर आर्थिक समाजको स्वस्थ विकासका लागि बलियो कानूनी प्रत्याभूति प्रदान गरेको व्यक्त गर्नुभयो।

छाउ च्येन मिङ्ग

          सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयका मुख्य न्यायाधिवक्ता छाउ च्येन मिङ्गले बैठकमा सातवटा पक्षबाट गत वर्षको कार्य, विशेषरी भ्रष्टाचार विरोधी कार्य सुनाउँदै सन् 2015 को कार्यबारे जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ