फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु चङ्ग शङ्गद्वारा चीनका मुख्य संचारगृहका प्रतिनिधिहरुसँग भेट

(GMT+08:00) 2015-03-14 18:15:37

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य एवम् चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनका बार्‍हौँ राष्ट्रिय समितिका अध्याक्ष यु चङ्ग शङ्गले हिजो 13 तारिख दिउँसो जन वृहत सभा भवनमा चिनायाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनका बारेमा जानकारी दिनेका लागि पत्रकारहरुसँग भेट गर्नुभएको छ। उहाँले सबै सम्वाददातालाई अधिवेशनको समाचार राम्ररी संप्रेषण गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

हिजै दिउँसो जनराजनैतिक परामर्शदात्री सम्मेलन बार्‍हौँ राष्ट्रिय समितिको तेस्रो अधिवेशन पूरा भएपछि यु चङ्ग शङ्गले पिपल्स डेली, सिन्ह्वा न्यूज एजेन्सी, चाइना डेली, चिनियाँ राष्ट्रिय रेडियो, सीआरआई र सिसिटिभिलगायत मुख्य सञ्चार माध्यमका जिम्मेवारी प्रतिनिधिहरुसँग हात मिलाएर उहाँहरुको कामको सक्रिय मूल्याङ्कन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ