फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अमेरिका सम्बन्ध पारस्परिक सम्मान, सहयोग, संयुक्त हितमा रहने

(GMT+08:00) 2015-03-15 14:36:47

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले चीनको अर्थतन्त्र अधोगतिमा जाने समस्या रहेको र धेरै जोखिम भएको कुरा स्वीकार गर्दै सबै जनाले हातमा हात मिलाएर चीनको आधारभूतआर्थिक स्थिति निरन्तर उन्नतिशील बनाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ।

         उहाँले आज मार्च 15 तारिख पैचिङ्गमा बाह्रौँ राष्ट्रिय जन-कंग्रेसको तेस्रो अधिवेशन समापन भएपछि चिनियाँ तथा विदेशी पत्रकारको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

         प्रधानमन्त्री ली ख छ्याङ्गले औंल्याउनुभएअनुसार, गुणस्तर तथा कार्यकुशलतालाई महत्व दिँदै चीनको अर्थतन्त्रलाई निम्न-मध्यम स्तरबाट मध्यम-उच्च स्तरतर्फ पुर्‍याउन अपेक्षाकृत लामो समयको अवधिमा चीनको अर्थतन्त्र मध्यम-उच्च स्तरमा बृद्धि हुनेछ।

         वातावरणप्रदूषणको व्यवस्थापनबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङ्गले हालै सार्वजनिक गरेको वातावरणको संरक्षणबारेको नयाँ कानूनलाई गम्भीररुपमा व्यवहारमा उतार्ने कुरालाई यस वर्षमा ध्यान दिने कुरा व्यक्त गर्नुभएको छ। कानून तथा नियम विपरीत भएको जुनसुकै व्यवसायलाई सजाय दिने कुरामा उहाँले जोड दिनुभएको छ।

         चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै प्रधामन्त्री ली ख छ्याङ्गले पारस्परिक सम्मान, सहयोग, संयुक्त हित तथा पारस्परिक विरोध नगर्ने नयाँ ठूला मुलुक बीचको सम्बन्धस्थापना गर्न चीन इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको छ।

          चीन-जापान सम्बन्धबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङ्गले जापानी नेताले सही दृष्टिमा इतिहासको अवलोकन गरेर मूल्याङ्कन गरेमा चीन-जापान सम्बन्धसुधार तथा विकास गर्ने नयाँ अवसर देखा पर्ने कुरा व्यक्त गर्नुभएको छ।

          चीन-म्यान्मार सिमा क्षेत्रमा हाल देखा परेको दुर्घटनाबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङ्गले चीन सरकार, परराष्ट्र मन्त्रालय, सैनिक पक्षले म्यान्मार पक्षसित गम्भीरताका साथ कुराकानी गरिसकेको कुरा व्यक्त गर्नुभएको छ। चीनसित चीन-म्यान्मार सिमा क्षेत्रको सुरक्षा तथा स्थिरताको संरक्षण गर्ने जिम्मेवारी र क्षमता रहेको भन्दै चिनियाँ जनताको जनधनको सुरक्षा दृढताका साथ गर्ने कुरा पनि उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ