फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको चौथो अधिवेशन साढे एघार दिनसम्म चल्ने

(GMT+08:00) 2016-03-04 16:19:35

मार्च पाँच तारिख शुरु हुने बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको चौथो अधिवेशन सोह्र तारिख विहान सम्पन्न हुने भएको छ। जम्मा गरी साढे एघार दिनसम्म चल्ने उक्त अधिवेशनपछि चीनका प्रधानमन्त्री ली ख छ्याङले चिनियाँ तथा विदेशी पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिने प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको बाह्रौं सम्मेलनको चौथो अधिवेशनका प्रवक्ता फु यीङले चार तारिख विहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

यस पटकको अधिवेशनमा नौ वटा विषयसूचीबारे चर्चा गरिने छ। हरेक अधिवेशनमा लेखाजोखा गरिने सरकारी कार्य प्रतिवेदन लगायतका छ वटा प्रतिवेदन बाहेक, यस वर्षको अधिवेशनमा तेह्रौं पञ्च वर्षिय योजना कार्यक्रम तथा परोपकारी ऐनको लेखाजोखा तथा अनुमोदन गरिने जनाइएको छ।

प्रवक्ता फु यीङले जानकारी दिनुभए अनुसार, यस पटकको अधिवेशनका विविध पूर्ण बैठकहरु चिनियाँ तथा विदेशी पत्रकारहरुको लागि खुला गरिनेछ। छ तारिखदेखि अधिवेशनको प्रेस केन्द्रले पन्ध्रदेखि सोह्र वटा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। ती पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार समिति, अर्थ मन्त्रालय, स्वास्थ्य तथा पारिवारिक योजना समिति, वातावरणीय संरक्षण मन्त्रालय, कृषि मन्त्रालय, जन बैंक लगायतका विभागहरुका मुख्य जिम्मेवार व्यक्तिहरुले भाग लिने बताइएको छ।

1 2 3
जानकारी तथा लेखहरु