
चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले 5 तारिख सरकारी कार्य प्रतिवेदन सुनाउँदै "अर्थतन्त्र तथा समाजको विकाससम्बन्धी तेह्रौं पञ्चवर्षीय योजना(मसौदा)"ले आगामी पाँच वर्षमा आर्थिक तथा सामाजिक विकासका मुख्य लक्ष्य कार्य तथा महत्वपूर्ण कदमलाई स्पष्ट पारेको बताउनुभएको छ।
1, अर्थतन्त्रको मध्य-तिव्र गतिले वृद्धिलाई कायम राख्नुका साथै उद्योगलाई मध्य-उच्च स्तरमा पुर्याउनेछ।
2, नयाँ सिर्जनाको निर्देशन भूमिकालाई सबल पारेर विकासमा शक्ति थप्नेछ।
3, नयाँ शहरीकरण तथा कृषिको आधुनिकीकरणलाई अगाडि बढाउनुका साथै शहर तथा गाउँबस्तिको समन्वय विकासलमई घच्घच्याउनेछ।
4, हरियो जीवन तथा उत्पादनलाई अघि बढाउनुका साथै पर्यावरणीय वातावरणको सुधारलाई छिटो पार्नेछ।
5,मुक्ति तथा सुधारलाई गहिरो पार्नुका साथै नयाँ परिपाटीको निर्माण तथा विकास गर्नेछ।
6, जनताको जीवनलाई निरन्तर रुपमा अझ बढी फाइदा पुर्याएर पूरै जनताले विकासको उपलब्धिको अनुभव गर्नलगाउनेछ।
1 2