फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली महिला टोलीद्वारा सीआरआई नेपाली सेवाको अवलोकन भ्रमण

(GMT+08:00) 2016-06-22 11:21:38

नेपालबाट आएको महिला पत्रकार तथा सरकारी अधिकारीको एक टोलीले आज जुन 22 तारिख सीआरआई नेपाली सेवाको अवलोकन भ्रमण गरेको छ।

उक्त टोली सञ्चार अधिकृत र पत्रकारसम्बन्धी सेमिनारका लागि चीन आएको हो। यहाँ पैचिङ्गमा चिनियाँ सञ्चार क्षेत्रको विकास चरण तथा संसद तथा सञ्चारबीचको समन्वयसम्बन्धको गोष्ठीमा सहभागी हुन आएको उक्त टोलीमा व्यवस्थापिका संसद सचिवालयका उपसचिवहरू बबिता मिश्र, यमुना प्रधान त्यसै गरी लाल कुमारी पुन (सभामुख सचिवालयका स्वकीय सचिव) तथा रजनी तामाङ्ग (कान्तिपुर एफएम) छन्।

चिनियाँ परराष्ट्र मन्त्रालयको तत्वधानमा आयोजित गोष्ठीमा सहभागी हुन आएको उक्त टोली चौध जुनदेखि उन्नतीस जुनसम्म चीनमा रहने छ। हाल पैचिङ्गमा रहेको उक्त टोलीले केही दिन खुन्मिङ्गको भ्रमण गरी आफ्नो यात्रा टुङ्ग्याउने छ।

साथै पैचिङ्गमा रहने क्रममा सिसिटिभी, चाइना डेली, सिन्ह्वालगायतका चिनियाँ सञ्चार माध्यमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस बाहेक ग्रेटवाल, फरबिडन सिटी लगायतका ऐतिहासिक स्थानको भ्रमण गरिसकेको टोलीका सदस्यले बताए।

जानकारी तथा लेखहरु