फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी समुद्र मामिलामा दक्षिण एशियाली मुलुकका पार्टी प्रतिनिधिको धारणा

(GMT+08:00) 2016-06-25 18:50:43

दक्षिण एशियाली मुलुकका विभिन्न पार्टीका प्रतिनिधिहरुले चौब्बीस तारिख पैचिङमा सिन्ह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै सम्बद्ध मुलुकहरुले द्बिपक्षीय वार्तामार्फत् दक्षिणी समुद्र सम्बन्धि मतभेदको समाधान गर्नुपर्नेमा जोड दिएका छन्।साथै उनीहरुले सो विषयमा बाह्य शक्तिको हस्तक्षेपको पनि विरोध गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य चतुर्मान विश्वकर्माले दक्षिणी समुद्र वरिपरिका टापूहरु प्राचीन कालदेखि नै चीनको रहँदै आएको यथेष्ठ ऐतिहासिक प्रमाण रहेको औंल्याउनुभएको छ। साथै उहाँले चीनको सार्वभौमसत्ता तथा भौगोलिक अक्षुण्णताको समर्थन गर्दै सम्बद्ध मुलुकहरुले शान्तिपूर्ण छलफलमार्फत विद्यमान मतभेदको समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

श्रीलंका जनमुक्ति मोर्चा अन्तर्गत पार्टी निर्माण तथा संरचना विभागका सदस्य आन्गामाना मुदीयसलाकीले अमेरिकाले दक्षिणी समुद्र समस्यामा हात राखेको कारण एशियाको ठूलो जनसंख्या तथा बजारलाई केलाएर सोही क्षेत्रमा चीनको प्रभावलाई सन्तुलित पार्ने नियत बमोजिम दक्षिणी समुद्रमा मतभेद चर्काएको आरोप लगाउनुभयो।

यसैगरी बंगलादेश राष्ट्रवाद पार्टी केन्द्रिय समितिका सचिव शर्मा ओबादले दक्षिणी समस्यालाई कानूनी तहमा मात्र राखिनुको सट्टामा भौगोलिक राजनीतिको प्रतिस्पर्धाको दृष्टिकोणबाट हेर्नुपर्ने ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु