फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

(GMT+08:00) 2016-06-26 15:32:58

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले जुन 25 तारिख जन वृहत सभा भवनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका नेतागणले रणनैतिक सहयोगको भावना र युगौं युगको मैत्री अवधारणालाई पालना गर्न, एक अर्कालाई समर्थन दिन, राजनैतिक तथा रणनैतिक पारस्परिक विश्वासलाई बढाउन, चीन र रुसको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्न स्वीकार गर्नुभएको छ। चीनका उप प्रधानमन्त्री चाङ काउ ली पनि उहाँहरुको भेटवार्तामा उपस्थित हुनुभएको छ।

सीले हालैका केही वर्षयता चीन र रुसको साँस्कृतिक सहयोग राम्रोसँग हुँदै गएको, राष्ट्रिय वर्ष, भाषा वर्ष, पर्यटन वर्ष, युवाको मैत्रीपूर्ण आदान-प्रदान वर्ष, सञ्चार-माध्यमको आदान-प्रदान वर्षआदि राष्ट्रिय स्तरको कार्यक्रमहरुको सफल आयोजनाले दुई मुलुकका नागरिकहरुको सम‍झना र परम्परागत मित्रतालाई प्रबर्द्धन गरेको कुरा बताउनुभयो।

यसका साथै सीले चीन र रुसले वरिपरिको सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुमा समन्वय र सम्पर्कलाई बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

भेटवार्ताको अवसरमा पुटिनले रुसले चीनसँग आफ्नो केन्द्रीय हित र महत्वपूर्ण समस्याहरुमा एक अर्कालाई सम्झना र समर्थन दिने आशा व्यक्त गर्नुभयो। रुसले चीनसँग व्यापार, ऊर्जा स्रोत, नयाँ प्रविधि, सुरक्षा, सँस्कृतिआदि क्षेत्रहरुमा सहयोग गर्न स्वीकार गरेको कुरा पुटिनले बताउनुभयो।

जानकारी तथा लेखहरु