फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संचारअधिकारीहरुद्वारा सिआरआईको अवलोकन भ्रमण

(GMT+08:00) 2016-07-28 14:35:13

चाइना इन्टरनेश्नल प्रकाशन समूहद्वारा आयोजित संचारअधिकारी तथा पत्रकारहरुका लागि आयोजित गोष्ठी-2016 मा सहभागि हुन चीन आएका संचारअधिकारी तथा संचारकर्मीहरुको टोलीले आज पैचिङ्गस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अवलोकन भ्रमण गरेको छ।

सूचना तथा संचार मन्त्रालय अन्तर्गत सूचना विभागका उपसचिव विष्णुभक्त रञ्जितको नेतृत्वमा आएको बीस सदस्यीय टोलीले सिआरआई नेपाली सेवाको कार्यालयका साथै सिआईआईको इतिहास समेटिएको सङ्ग्राहलयको पनि अवलोकन गरेको थियो। जुलाई छब्बीस तारिख चीन आएको सो टोली अगष्ट आठ सम्म चीनको भ्रमणमा रहनेछ। त्यस क्रममा सो टोलीले पैचिङ्ग लगायत सछ्वान प्रान्तको पनि भ्रमण गर्नेछ। नेपाली प्रतिनिधिहरुलाई चीनको विकास तथा संचारगृह आदिबारे अवलोकन गराउने आयोजकको योजना छ।

सिआरआई नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहभागीहरुले चीनको व्यापक विकास समग्र विश्वका लागि एउटा अनुपम उदाहरण भएको प्रतिक्रिया दिए। नेपालजस्तो अल्पविकसित मुलुकले चीनको विकासबाट लाभ लिनसक्ने प्रशस्त संभावना देखेको बताउँदै उनीहरुले चिनियाँहरुको विकास मोडल निकै प्रशंसनीय रहेको बताए।

जानकारी तथा लेखहरु