फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपप्रधानमन्त्री र चिनियाँ प्रधानमन्त्री ली ख छ्याङबीच भेटवार्ता

(GMT+08:00) 2016-08-17 19:51:01

नेपालका प्रधानमन्त्रीको विशेष दूतको हैसियतमा चीन भ्रमणमा रहनुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज पैचिङ्गमा चीनका प्रधानमन्त्री ली ख छ्याङसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा मन्त्री महराले नेपालको राजनीतिक घटनाक्रम, नेपाल चीन सम्बन्ध, आफ्नो भ्रमणको उद्देश्य आदिबारे प्रकाश पार्नुभयो। प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनबीचमा भएका सम्झौता समझदारीलाई कार्यान्वनमा लैजानका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने प्रतिक्रिया दिनुभयो। साथै उहाँले नेपालको सामाजिक आर्थिक विकासमा चीनको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिवद्धता पनि जनाउनुभयो।

प्रधानमन्त्री लीसँगको भेटमा चीनका लागि कार्यवाहक नेपाली राजदूत हरिश्चन्द्र घिमिरे पनि सहभागि हुनुहुन्थ्यो। भेटमा मन्त्री महराले नेपालमा सरकार परिवर्तनको ‌कारण, चीनसँग भएका सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन जस्ता विषयमा नेपालको तर्फबाट प्रतिवद्धता जनाएको उहाँले सुनाउनुभयो। साथै चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको सन्दर्भमा प्रधानमन्त्री लीले कूटनीतिक तहमा समन्वय गर्दै जानुपर्ने प्रतिक्रिया दिनुभयो।

चीनले मुख्यतः आफूसँग भए गरेका सम्झौताको कार्यान्वयन र नेपालमा जारी नयाँ संविधान कार्यान्वयनलाई संकेत गरेर नेपालको स्थिरतामा जोड दिएको घिमिरेले बताउनुभयो।

मन्त्री महराले हिजो चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु