फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हांग चौ शिखर सम्मेलनले विकासोन्मुख मुलुकहरुमाथि ध्यान दिने पाकिस्तानका विशेषज्ञको भनाइ

(GMT+08:00) 2016-08-26 18:25:03

पाकिस्तानका प्रसिद्ध टिप्पणीकार हारुन राशिदले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको ऊर्दू सेवालाई अन्तर्वार्ता दिँदै बीस मुलुक समूहको हांग चौ शिखर सम्मेलनले विकासोन्मुख मुलुकहरुको संलग्नतालाई बढाएको बताउनुभएको छ। उहाँले यसको प्रशंसा गरिनुपर्ने र विश्व अर्थतन्त्रको विकास तथा सहयोगलाई अगाडि बढाउनका लागि हितकर हुने कुरा पनि बताउनुभएको छ।

राशिदको विचारमा बीस मुलुक समूह अन्तर्राष्ट्रिय अर्थतन्त्र क्षेत्रमा सबैभन्दा सशक्त प्रतिनिधित्व गर्ने मञ्च हो। राशिदले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले प्रस्तुत गर्नुभएको "एक पेटी एक मार्ग" रणनीति तटवर्ती मुलुकहरु तथा क्षेत्रहरुसित सम्बन्धित रहेको मात्र नभई विश्व अर्थतन्त्रको विकाससित सम्बन्धित रहेको ठहर गर्नुभयो।

यसका साथै राशिदले बीस मुलुक समूह, अतिथि मुलुक, संयुक्त राष्ट्र संघआदि अन्तर्राष्ट्रिय संगठनहरुका नेताहरुले चीनको हांग चौ शहरमा भेला भएर विश्व अर्थतन्त्र, समाज र अरु क्षेत्रहरुबारे सकारात्मक कदम प्रस्तुत गर्नुहुने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु