फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई र नेपाल टेलिभिजनबीच सहयोग सम्झौतामा हस्ताक्षर

(GMT+08:00) 2016-12-19 19:36:52

डिसेम्बर उन्नाइस तारिख विहान चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र नेपाल टेलिभिजनबीचमा नेपालको राजधानी काठमाण्डौंमा "टेलिभिजन चिनियाँ थिएटर" सम्बन्धी प्रारुप सम्झौतामा हस्ताक्षर भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको पोलेट ब्युरो सदस्य एवम् केन्द्रीय सचिवालयका सचिव तथा केन्द्रीय प्रचारमन्त्री लिउ छि पाउ, नेपालका उप प्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा सो समारोहमा सहभागी हुनुभएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उप निर्देशक श्रीमती ली फिङले दुवै मुलुकका नेताको साक्षीमा यो सम्झौतामा हस्ताक्षर गरिएको र सोबाट चीन र नेपाल सरकारद्बारा सञ्चार माध्यम बीचको आदान-प्रदानमा ध्यान दिएको बताउनुभयो। उहाँले आगामी समयमा दुवै पक्षले प्रारुप सम्झौतामा घनिष्ट सहयोग गर्ने, दुवै मुलुकका जनता बीचको आदान-प्रदान र आपसी जानकारी रहनका लागि आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो।

नेपाल टेलिभिजनका कार्यवाहक महाप्रबन्धक दीपकमणि धितालले चिनियाँ टिभी शृंखला नेपालमा प्रसारण हुँदा दुवै मुलुकका जनता अझ घनिष्ट हुने औँल्याउनुभयो।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो चीनको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारण हुने रेडियो हो। हाल 65 वटा भाषामा यो विश्वभर सदावहार प्रसारण हुन्छ। तीमध्ये नेपाली सेवाको सन् 1975 को जुन 25 तारिकमा औपचारिक रुपमा प्रसारण सुरु भएको हो। नेपाली सेवाले चीन र नेपाली जनता बीचको मित्रता बढाउँदै दुवै मुलुकको राजनीतिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा हुने आदान-प्रदानलाई बढाउने कार्य गर्दै आएको छ।

जानकारी तथा लेखहरु