फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहुलियत दरको चिनियाँ विमान नेपाललाई हस्तान्तरण

(GMT+08:00) 2017-02-09 18:19:49

चीन सरकारले सहुलियत दरमा दिएको दुईवटा विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ्ग र नेपालका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले दुई सरकारको प्रतिनिधित्व गर्दै हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभएको छ।

सन् 2013 को नोभेम्बर 28 तारिख चीन र नेपालले हस्ताक्षर गरेको सन्धिअनुसार, चीनले अनुदान स्वरुप नेपाललाई दुईवटा विमान दिनुका साथै नेपालले विशेष मान्यताप्राप्त ऋणअनुरुप चार वटा विमान किन्ने सम्झौता छ। त्यसमध्ये सन् 2014 मा चीनले नेपाललाई दुईटा विमान हस्तान्तरण गरिसकेको छ। यसपटक हस्तान्तरण गरिएका दुई वटा विमान नेपालबाट किनिएका सिन्चौ 60 र परिवहन विमान 12यी रहेका छन्। हालसम्म हस्तान्तरण गरिएका सिन्चौ 60 र परिवहन विमान12यीले बेग्ला-बेग्लै रुपमा एक हजार नौ सय 75 घण्टा र पाँच सय 66 घण्टा उडान भरेर नेपालको यातायात र पर्यटनको विकासमा समर्थन गरेका छन्।

1 2
जानकारी तथा लेखहरु