फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यु होङ चीन अध्ययन केन्द्रमा

(GMT+08:00) 2017-03-02 18:42:00

नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यक्रममा नेपाल सहभागी हुने कुरामा चीन विश्वस्त रहेको बताउनु भएको छ। हिजो बुधबार चीन अध्ययन केन्द्रको कार्यालय डिल्लीबजारमा आयोजित कार्यक्रममा उहाँले उक्त धारण राख्नु भएको हो। चीन अध्ययन केन्द्रले राजदूत युको स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका प्रबुद्ध विद्वानहरु सम्मिलित चीन अध्ययन केन्द्र चीनमा पनि सुपरिचित रहेको बताउनुभयो। उहाँले

भन्नुभयो 'बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यब्रमबाट चीन मात्र होइन सबैले फाइदा लिन सक्छन्। यसले विश्वको एक पाटोलाई जोड्ने र सबैलाई सँग–सँगै विकासमा अघि बढाउनेछ,' । उहाँले यसबाट नेपालले फाइदा लिन सक्ने गरी आफ्नो योजना अघि बढाउनुपर्ने बताउनुभयो।

'दुई पक्षीय सम्बन्ध विस्तारमा ट्रयाक–1 सँगै ट्रयाक 2/3 सबैको भूमिका रहनेछ। त्यसका लागि पहल गरिदिन सबै पक्षलाई आग्रह गर्दछु,' उहाँले भन्नुभयो, 'सरकारी स्तरबाट सकारात्मक कुराहरू आइरहेको छ। तर जनस्तरको सहभागिता पनि अत्यावश्यक छ।' नेपाल–चीन सम्बन्धको विषयमा बौद्धिक क्षेत्रबाट अध्ययन अनुसन्धान गरिरहेको चीन अध्ययन केन्द्रका कामलाई उहाँले प्रशंसा गर्नु भएको थियो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अघि बढाएको उक्त कार्यक्रमलाई चीनले विश्वभर प्रचारप्रसार गर्दै आएको छ। चीनको उक्त अभियानमा नेपालले पनि साथ दिन प्रारम्भिक हस्ताक्षर गरेको भए पनि औपचारिक सहभागिता टुंगो अझै लगाएको छैन। त्यसमा नेपाल सहभागी होस् भन्ने चाहना चीनको छ।

चिनियाँ राजदूत यु होङलाई चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई महासचिव उपेन्द्र गौतम कोषाध्यक्ष गंगाप्रसाद उप्रेती सचिव प्रकाश बाबु पौडेल लगायतका व्यक्तिहरुले स्वागत गर्नु भएको थियो।

जानकारी तथा लेखहरु