फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा बृहत चिनिया शैक्षिक प्रदर्शनी हुँदै

(GMT+08:00) 2017-03-15 11:22:01

अरनिको समाजले काठमाडौंमा बृहत शैक्षिक प्रदर्शनी गर्ने भएको छ। आउँदो शनिवार ललितपुरको पुल्चोकस्थित मदन स्मारक उच्च मा.वि.मा सो प्रदर्शनीको आयोजना गर्न लागिएको अरनिको समाजका प्रथम उपाध्यक्ष डा.मनोजमान श्रेष्ठले बताएका छन्। श्रेष्ठका अनुसार चीनको स्छुवान प्रान्तका 18 वटा विश्व विद्यालय र महाविद्यालयको सहभागीतामा सो प्रदर्शनीको आयोजना हुन लागेको हो।

उक्त शैक्षिक प्रदर्शनीमा विभिन्न विषयहरुमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि(पि.एच.डी) तहका एक सय भन्दा बढी छात्रबृत्तिका लागि आवेदन गर्न सकिने भएकोले सो अवसरको फाईदा उठाउन समेत प्रथम उपाध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्। शनिवार विहान 10 वजेदेखि साँझ 5 वजे सम्म आयोजीत हुने सो शैक्षिक प्रदर्शनी 4 वर्ष यताकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हो।

चीनमा सन् 1979मा आधुनिक चीनका डिजायनर तङ स्याओफिङको उदय पश्चात चीनले शिक्षा, अर्थतन्त्र, सञ्चार, कृषिलगायतका क्षेत्रमा उच्च प्रगति गर्दै आएको छ। चीनको दु्रत विकाससँगै पश्चिमा राष्ट्रका विद्यार्थीहरुको लागि चीन आकर्षक शैक्षिक गन्तब्य बनेको छ। हाल लगभग 20 हजार नेपाली विद्यार्थीहरु चीनका विभिन्न विश्वविद्यालयहरुमा कृषि, चिकित्सा विज्ञान, सञ्चार, पत्रकारीता, ईन्जिनियरिङ, चिनिया भाषा जस्ता विषयहरुमा अध्ययनरत छन्।

जानकारी तथा लेखहरु