फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरको मदन स्मारक माविमा चिनियाँ शैक्षिक मेला

(GMT+08:00) 2017-03-19 15:51:39

वि.सं. 2072 को महाभूम्प अघि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या 1 लाख 40 हजार रहेको तथ्य उल्लेख गर्दै चाङ पिनले नेपाल आउने चिनियाँ पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रको विकाससँगै नेपालीहरुमा चिनियाँ भाषाको महत्व वारेमा पनि जानकारी गराएको बताउनुभयो। साथै साँस्कृतिक विभागका प्रमुख चाङ पिनले एक्स्पोको माध्यमबाट बढीभन्दा बढी नेपालीहरुलार्इ चीनमा नि:शुल्क रुपमा विभिन्न विषयहरुमा अध्ययन गर्ने अवसर समेत प्राप्त हुने बताउनुभयो। कार्यक्रममा चीनको सछुवान प्रान्तस्थित शिक्षा विभागका उपप्रमुख वाङ सुङ्चियानले चीन र नेपाल हिमाल, पहाड र नदीहरुले जोडिएका छिमेकी राष्ट्रहरु भएको बताउनुभयो। सछुवान प्रान्त नेपालबाट एकदमै नजिक रहेको बताउँदै उपप्रमुख वाङले हालका वर्षहरुमा सछुवान प्रान्त र नेपालबीच स्वास्थ्य, चिकित्सा, शिक्षा, संस्कृति आदि क्षेत्रमा प्रसस्त मात्रामा सहयोगका कार्यक्रमहरु सञ्चालन भैरहेको जानकारी दिनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु