फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरको मदन स्मारक माविमा चिनियाँ शैक्षिक मेला

(GMT+08:00) 2017-03-19 15:51:39

सम्बोधनका क्रममा उपप्रमुख वाङले सछुवान प्रान्त पश्चिम चीनको सवैभन्दा धनी र हजारौँ वर्षको इतिहास बोकेको विविध विशेषतायुक्त प्रान्त भएको र सो प्रान्तको शैक्षिक इतिहास पनि दुर्इ हजार वर्ष पुरानो भएको बताउनुभयो। सछुवान प्रान्तको शैक्षिक गतिविधि प्रस्तुत गर्दै उपप्रमुख वाङले सन् 2016 मा सछुवानका 24 हजार विद्यालय तथा विश्व विद्यालयहरुमा 1 करोड 84 लाख भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरेको आँकडा प्रस्तुत गर्दै शिक्षामा सुधार, समानता, गुणस्तर वृद्धि आदि कुरामा शिक्षा विभाग गम्भिर भएको समेत बताउनुभयो। उपप्रमुख वाङले विश्वका 1 सय 40 देशका झण्डै दश हजार विद्यार्थी सछुवानमा अध्ययनरत रहेको जानकारी दिँदै नेपाली विद्यार्थीहरुलार्इ अध्ययनका लागि सछुवानमा स्वागत गर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले अरनिको समाज शिक्षा र स्वास्थ्य क्षेत्रको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्धलार्इ जनस्तरमा विकसित गर्न स्थापना कालदेखि नै क्रियाशील रहेको जानकारी दिनुभयो। 3 वर्ष यतादेखि चीनका छिमेकी मुलुकहरुसँग सहकार्य गर्ने र सहयोग गर्ने किसिमको ठूला कार्यक्रम निरन्तर चलिरहेको र यो शैक्षिक मेला पनि त्यसैको एक भाग भएको बताउँदै शैक्षिक मेला मार्फत उपलब्ध गराइने 100 वटा छात्रवृत्त प्राप्त गरी उच्च शिक्षा हासिल गर्ने अवसरबाट लाभ उठाउन पनि उहाँले सहभागीहरुलार्इ आग्रह गर्नुभयो। मदन स्मारक उच्च मा.वि.ललितपुरमा सम्पन्न एक दिने सो एक्स्पोमा चीनको सछुवान प्रान्तका 16 वटा विश्व विद्यालयहरुको सहभागीता रहेको थियो।


1 2 3 4 5
जानकारी तथा लेखहरु