फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्लोरिडामाचीन र अमेरिकी राष्ट्राध्यक्षबीच दोस्रो औपचारिक भेटवार्ता

(GMT+08:00) 2017-04-08 09:25:39

स्थानीय समयअनुसार सात तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकाको फ्लोरिडा राज्यको मार आ लागोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो औपचारिक भेटवार्ता गर्नुभएको छ। यस भेटवार्तामा यी दुबै मुलुकका नेताहरुले द्बिपक्षीय महत्वपूर्ण क्षेत्रको प्रभावकारी सहयोग र साझा अभिरुची, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान प्रदान गरेका छन्। यी दुबै पक्षले चीन र अमेरिकाका नेताबीचको यो भेटवार्ता सकारात्मक र फलदायी भावार्थको सहमति हासिल गर्नुका साथै आपसी सहयोगात्मक क्षेत्रलाई विस्तार गर्दै पारस्परिक सम्मानको आधारमा मतभेदको समाधान गर्न स्वीकार गरेका छन्।

राष्ट्राध्यक्ष सीका अनुसार चीनको अर्थतन्त्रले असल विकसित प्रवृतिलाई कायम राख्दै गएको छ भने अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सहयोगको भविष्य उज्यालो छ। अमेरिकाले एक पेटी एक मार्ग"परियोजनामा हुने सहयोगमा भाग लिन चीनले स्वागत गर्ने बताउँदै सीले सैन्य सुरक्षा तथा पारस्परिक विश्वास नै चीन र अमेरिकाबीचको रणनीतिक विश्वासको आधार भएकाले दुबै पक्षले आपसी सैन्य विश्वास र सहयोगलाई लगातार विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीनले अमेरिकासँग कानून कार्यान्वयनमा सहयोगलाई मजबुत बनाउँदै लागूपदार्थ तस्करी,बाल तस्करी,साइबर अपराध लगायत विविध अन्तर्राष्ट्रिय अपराधमाथि संयुक्त प्रहार गर्ने अपेक्षा लिएको छ। साथै मानवीय तथा साँस्कृतिक आदानप्रदान यी दुबै मुलुकबीचको सम्बन्धको आधार हो। यी दुबै मुलुकले आपसी मैत्रीपूर्ण आदानप्रदानलाई विस्तार गर्दै आपसी सम्बन्धको दीर्घकालीन तथा स्वस्थ विकासमा अझ बढी सकारात्मक शक्ति पुर्‍याउनसक्ने छन्।

यसका अतिरिक्त राष्ट्राध्यक्ष सीले राष्ट्रपति ट्रम्पलाई चीनको विकास अवधारणाबारे जानकारी दिनुभएअनुसार चीनले द्दढता साथ शान्तिपूर्ण विकासको बाटोमा लाग्दै जाने छ। चीनले अमेरिका सँगसँगै विश्व शान्ति,स्थिरता र समृद्धिको संरक्षण गर्ने आशा लिएको छ।

प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्राध्यक्ष सीसँगको भेटवार्तामा प्रचुर तथा महत्वपूर्ण उपलब्धि पाइएको बताउनुभयो। ट्रम्पले अमेरिकाले चीनसँग आर्थिक तथा व्यापारिक,सैन्य,मानवीय तथा साँस्कृतिक आदि विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्दै आपसी सम्बन्धको विकासमा सम्बन्धित नकारात्मक कारक तथा समस्यालाई पन्छाउन प्रयास गर्दै जाने बताउनुभयो। अमेरिका र चीनबीचको सम्बन्ध आवश्यक रुपमा अझ राम्रो विकसित हुने विश्वास पनि राष्ट्रपति ट्रम्पले लिनुभएको छ।

जानकारी तथा लेखहरु