मत गणक मेसिन र मतदाताको नङमा रङगाउने कलम लगायतका सामग्री बोकेको विमान अप्रिल बाह्रमा काठमाडौं पुगेको छ। नेपालमा हुनलागेको स्थानीय निर्वाचनका लागि चीनले प्रदान गरेको यो पहिलो चरणको सहयोग सामग्री हो।
पहिलो चरणको सामग्रीको तौल नब्बे टन रहेको छ। आज अप्रिल तेह्र तारिख अर्को चार्टर विमानबाट पनि थप सामग्री नेपाल पुर्याइने नेपालका लागि चिनियाँ राजदूताबासले जानकारी दिएको छ।
मे चौध तारिख हुने स्थानीय निर्वाचनलाई सफल बनाउनका लागि नेपालले चीन, भारत तथा संयुक्त राष्ट्र संघसँग सामग्री तथा आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।