फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको वस्तुस्थिती झल्कने चिनियाँ पर्यटकको पुस्तक विमोचित

(GMT+08:00) 2017-04-17 14:43:43

पैचिङमा नेपालको वस्तुस्थिती झल्कने "वर्ड अन द सिनरी-नेपाल" नामक सचित्र पुस्तकको अप्रिल १६ शनिबारका दिन एक समारोहका बीच विमोचन गरिएको छ। उक्त पुस्तकलाई लेखक तथा चिनियाँ पत्रकारले संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन पश्चात आफ्नो मन्तव्यको क्रममा लेखक तथा चित्रकार लो यि तिङले आफूले देखेको नेपालको चित्रण गरेको र पुस्तक एक चित्रसहितको यात्रा डायरी भएको बताए। उनले आफ्नो पुस्तकले चिनियाँहरूलाई नेपाल भ्रमण गराउन प्रेरित गर्ने बताउँदै चीन र नेपालबीचको सम्बन्धको विकासमा आफ्नो क्षेत्रबाट सानो प्रयास भएको पनि बताए। चिनियाँ पर्यटकको रूपमा लेखक लो यि तिङले सन् २०१२मा नेपालको भ्रमण गरेका थिए।

कार्यक्रममा चिनियाँ पत्रकारहरू काउ सुङ, छन स्याउ तथा चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी लि बिनले पनि पुस्तकबारे र नेपालको बारेमा आफ्नो धारणा राखेका थिए। जहाँ सबैले नेपालको मुक्त कण्ठले प्रशंसा गरेको थियो। २९७ पृष्ठको उक्त पुस्तक सानल्येन बुक स्टोरले प्रकाशन गरेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु