ईटामा कुँद्ने कला अद्बितीय चिनियाँ वास्तुकलामध्येको एक हो। यस्तो कलाको इतिहास दुई हजार वर्ष पुरानो भैसकेको छ। कान्सु प्रान्तीय लीनस्या प्राचीन रेशमी मार्गमा एक महत्वपूर्ण ठाँउ छ। जहाँ ईटाको कुँदाई लोक कला मानिन्छ। सन् २००६ मा लीनस्याको ईटा कुँदाई चीनको राष्ट्रिय गैर-भौतिक सम्पदामा सूचिकृत भएको थियो।
आज आएर लीनस्यामा बीस भन्दा बढी व्यवसाय ईटा कुँदाईमा तल्लीन छन्। प्रतिवर्ष ईटा कुँदाईबाट प्राप्त आम्दानी बीस करोड चिनियाँ युआन बराबर हुने गरेको छ र यस क्षेत्रमा कार्यरत जनशक्तिको संख्या दुई हजार जति छ।
1 2 3 4 5