फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अचम्म लाग्ने चिनियाँ केटी

(GMT+08:00) 2017-04-27 13:38:35

बीस वर्षीय इन्टर्नेट सेलिब्रेटी सुन्दरी वाङ छुसँग अचम्म लाग्दो क्षमता छ कि उनी आफ्ना हात तथा खुट्टालार्इ जता पनि मोड्न सक्छिन्। इन्टर्नेट सेलिब्रेटी बन्न नचाहेकी उनको सपना भनेको अभिनेत्री बन्नु र आफूलार्इ मनपर्ने केटा खोजेर प्रेम गर्नु हुन्।

यस्तो शारिरिक क्षमताबाट वाङ छुको जीवनमा के कस्तो प्रभाव ल्याइएको छ भन्ने प्रश्नको जवाफ दिँदै उनले नचिनेको मान्छेसँग कुराकानी गर्दा यो नै गफलाई रमाइलो पार्ने विषय भएको बताइन। यस्तो क्षमता भएकी उनले एउटा चिनियाँ टी.भी.श्रृंखलामा तेस्रो नम्बरको अभिनेत्री बन्ने मौका पनि पाएकी छिन्।

वाङ छुको यस्तो प्रतिभा जन्मजात हो र अस्पतालमा गरिएको जाँचबाट पनि उनको शारिरिक स्वास्थ्य राम्रो र सामान्य भएको देखाइएको छ। यस्तो शारिरिक क्षमताको अझ बढी चिकित्सक अध्ययनबाट व्याख्या गरिनुपर्छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु