फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन गरिबी सहयोग कोषको सहयोगमा दोस्रो नेपाली स्कूलको निर्माण शुरु

(GMT+08:00) 2017-05-01 15:36:14

चीन गरिबी सहयोग कोषको सहयोगमा नेपाली स्कूल महेन्द्र आदर्श विद्याश्रमको शिलान्याश समारोह अप्रिल तीस तारिख काठमाडौंको ललितपुरमा आयोजित भएको छ।

सन् 1958मा स्थापित महेन्द्र आदर्श विद्याश्रम सन् 2015मा गएको विनाशकारी भूकम्पमा ध्वस्त भएको थियो। सो स्कूलका दुई वटा कक्षा भवनहरुको निर्माण एक वर्षमै पूरा हुने योजना रहेको छ। उक्त स्कूलमा विद्यार्थीको सँख्या करिब सात सय छ।

चीन गरिबी सहयोग कोषका पूर्व कार्यकारी अध्यक्ष ह ताउ फङले उक्त स्कूलको शिलान्याश समारोहमा सहभागी हुँदै कोषको उद्देश्य सबैभन्दा जरुरी रुपमा सहयोग चाहिने सर्वसाधारणलाई सहयोग दिनु रहेको बताउनुभएको छ।

नेपालका उपराष्ट्रपति नन्द बहादुर पुनले चिनियाँ गैर सरकारी संस्थाहरुले नेपालमा सार्वजनिक हित आधारित मानविय शैक्षिक कार्यक्रमहरू चलाइरहेकोमा स्वागत गर्दै सहयोगमा निर्माण हुने स्कूलका विद्यार्थीहरुले नेपाल-चीन मैत्री आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै जान आह्वान पनि गर्नुभएको छ।

चीनको सहयोगमा निर्माण हुनलागेको यो दोस्रो स्कूल हो। जनाए अनुसार, चिनियाँ व्यवसाय सु नीङ समूहले सन् 2016मा चीन गरिबी सहयोग कोषमार्फत भूकम्पमा ध्वस्त भएको अर्को नेपाली सरकारी स्कूलको थालिएको निर्माण परियोजना चालू वर्षको जुन महिनाको शुरुमा पूरा हुने छ।

जानकारी तथा लेखहरु