फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको एक मन्दिरमा बुद्ध जयन्ती कार्यक्रम

(GMT+08:00) 2017-05-03 15:21:40

चिनियाँ बौद्ध धर्म संघले आज मै ३ तारिख बुद्ध जयन्तीको पावन अवसरमा पैचिङ्गको लिङ्ग क्वाङ्ग मन्दिरमा एक कार्यक्रमको आयोजना गरेको छ।

चिनियाँ बौद्ध धर्म संघका उपप्रमुख आदरणीय भिक्षु युन चुएले कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उपस्थित सबै महानुभाव तथा विश्वले नै शान्तीका अग्रदूत गौतम बुद्धको उपदेशलार्इ सदा आत्मसाथ गर्नसकोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो। बुद्धले विश्वमा फैलाएको अहिंसा, शान्ति, करूणा-मैत्री र सद्भावको सन्देश एवम ज्ञानलार्इ विश्वसामु स्मरण गराउने तथा फैलाउने उद्देश्यले नै यस धार्मिक कार्यक्रमको आयोजना गरेको पनि आदरणीय भिक्षु युनले बताउनुभयो।

सो कार्यक्रममा चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलसहित बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेका देशहरु श्रीलंका, म्यानमार, कम्बोडिया, र लाओसका राजदूत तथा कुटनीतिज्ञ र प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा चिनियाँ जन काङग्रेस स्थायी समितीका उपाध्यक्ष स्वि च्या लुले बुद्ध महिमाको वर्णन गर्दै बुद्धको समयमा जन्मनु नपाउनु दुःखद कुरा भएको बताउँदै हाल बुद्धका उपदेश तथा शिक्षालार्इ ग्रहण गर्दैआइरहेको बताउनुभयो।

आदरणीय भिक्षु युनको नेतृत्वको तिब्बती, हान तथा दक्षिण चीनका बौद्ध भिक्षु सम्मिलित टोलीले मन्त्रोच्चारणसहित कार्यक्रम शुरू गरेको थियो। सम्बोधनपश्चात् बुद्धको प्रार्थना कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रम आयोजना गरिएको लिङ्ग क्वाङ्ग मन्दिरमा गौतम बुद्धको दाँत तथा अस्थी राखिएको छ। यही मै १० तारिख २५६१ औं बुद्ध जयन्ती हो।

र्इशा पूर्व ५६३ मा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले २९ वर्षको उमेरमा गृह त्याग गरी तपस्या गरे पश्चात् भारतको बोधगयामा बैशाख शुक्ल पूर्णिमाका दिन नै ज्ञान प्राप्त गरेका थिए र यसै दिन नै ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेका थिए।

जानकारी तथा लेखहरु