फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गेल्साल संस्कृतिको निरन्तरता र संरक्षण

(GMT+08:00) 2017-05-25 18:57:00

छिङ हाई प्रान्तीय को लो तिब्बती जातीय स्वायत्त क्षेत्रको मा छिन जिल्लास्थित आनिमाछिङ हिमालय समुद्री सतहदेखि छ हजार मिटरभन्दा बढी उचाइमा रहेको छ। को लो तिब्बती जातीय स्वायत्त क्षेत्रको दृश्य निकै सुन्दर छ र त्यहाँको वास्तविक मनोरम "पूर्वको होमर महाकाव्य" कहलाइएको "गेल्साल" महाकाव्यसित सम्बन्धित छ। गेल्साल संस्कृतिको निरन्तरता अनि संरक्षणमा को लोले बाहिरीय संसारसँगको सम्बन्धमा महत्वपूर्ण पुलको काम गरेको छ।

छिङ हाई प्रान्तीय को लो तिब्बती जातीय स्वशासित क्षेत्रमा गेल्साल संस्कृतिको अध्ययन केन्द्र, गेल्साल सांस्कृतिक संग्रहालय, पुस्तकालय छन्। यसका साथै त्यहाँ प्रत्येक स्थानीयले गेल्साल गाउनसक्ने "चीनको महाकाव्य पहिलो गाउँ" अर्थात् को लो तिब्बती जातीय स्वायत्त क्षेत्रको कान त जिल्लाको त अर वन गाउँ छ। यो गाउँका बृद्धबृद्धा र बालबालिकालगायतका सबै वासिन्दाहरूको दैनिक मनोरञ्जन कार्यक्रमहरूमध्येको एक गेल्सालको कथा गाउनु हो। त्यहाँ गहिरो सांस्कृतिक तथा पर्यावरणीय वातावरण रहेको कारण स्थानीय सरकारले गेल्साल संस्कृतिमा महत्व दिएको र लामो समयमा संरक्षण गरेकाले नै हो।

जानकारी तथा लेखहरु