फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उच्च समुद्र सतहमा ब्रह्माण्डीय किरण वेधशालाको निर्माण

(GMT+08:00) 2017-06-05 14:25:49

कस्मिक रेज (ब्रह्माण्डीय किरण) कहाँबाट आएको हो? ती किरणमा उच्च ऊर्जाबारेमा मानवजातिले थाहा नपाएको सिद्धान्त छ कि? अन्तर्राष्ट्रिय भौतिक शास्त्र क्षेत्रमा विद्यमान यस रहस्य पत्ता लगाउनको लागि समुद्र सतहदेखि ४४१० मिटरको उचाइमा पर्ने चीनको सछुआवान प्रान्तीय ताउ छङ हाइच पहाडमा चीनको उच्च समुद्र सतहको कस्मिक रेज वेधशालाको निर्माण शुरु भएको छ। यो विश्वमा यसै खालका वेधशालाहरुमध्ये सबैभन्दा ठूलो हुने छ। सो वेधशालाको निर्माण 'हरित परियोजना'मा आधारित छ र बनस्पतिको संरक्षण तथा पुनः स्थापना गरिने काम निर्माणसँगै गरिने जनाइएको छ। यो हरित परियोजनाका लागि स्थानीय तिब्बतीहरुबाट पनि समर्थन पाइएको छ।

निर्धारित योजनानुसार, सन् २०२१मा सो वेधशालाको निर्माण पूरा हुने छ। फ्रान्स, इटली, रुस, स्विजर्ल्याण्ड, थाइल्याण्डका अनुसन्धान संस्थाले सो वेधशालाको निर्माण तथा त्यसपछिको बैज्ञानिक सहयोगमा भाग लिने छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु