फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"काउ खाउ रेल"द्वारा पहाडी क्षेत्रका विद्यार्थीहरूलाई'काउ खाउ'मा सहभागी हुन परिवहन

(GMT+08:00) 2017-06-06 09:47:34

जुन पाँच तारिख'काउ खाउ' अर्थात् विश्वविद्यालयमा भर्ना हुन दिइने परीक्षामा सहभागी हुने छ सय जना विद्यार्थीहरु बोकेको के-5161 नम्बरको रेल भित्री मंगोलिया स्वायत्त प्रदेशको अ लुन छुन प्रशासनिक क्षेत्रको ता याङ शु बस्तीबाट एक सय तीस किलोमिटर टाढा रहेको अ लुन छुन प्रशासनिक क्षेत्रको आ ली ह बस्तीतर्फ लाग्यो। ता याङ शु बस्ती अ लुन छुन जाति, तावोर जाति, अ वन ख जातिका अल्पसंख्यक जातिहरुको बाहुल्यता रहेको क्षेत्र हो। काउ खाउको परीक्षास्थल प्रशासनिक क्षेत्रको सदरमुकाममा हुनुपर्ने नियम छ। त्यसैले अरु बस्तीका विद्यार्थीहरू काउ खाउमा सहभागी हुनका लागि आ ली ह बस्ती जानुपर्छ।

काउ खाउमा सहभागी हुने विद्यार्थीहरूको समस्याको समाधान गर्नका लागि हार्बिन रेलमार्ग व्यूरोले सन् 2003देखि निरन्तर रूपमा "काउ खाउ रेल" संचालन गर्दैआएको छ र हालसम्म बीस हजार विद्यार्थीहरूको परिवहन गरिसकेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु