फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ माटाका भाँडाकुँडाका लागि प्रख्यात ठाउँ

(GMT+08:00) 2017-06-06 13:44:49

हुपै प्रान्तीय चिनछुन जिल्लाको कुआनयाउ गाँउबस्तीको जनसंख्या ३० हजार मात्र छ। यो गाँउबस्ती चिनियाँ माटाका भाँडाकुँडा बनाउने जिल्लामा कहलिएको छ। कुआनयाउ गाँउबस्तीमा संरक्षण गरिएको सबभन्दा पुरानो माटाका भाँडा बनाउने भट्टीको इतिहास ६ सय वर्षको भैसकेको छ।

प्लास्टिक तथा सिसाका भाँडाकुँडाको प्रचलन तथा तीनको बजार बिस्तार भइरहेको समयमा कुआनयाउ गाँउबस्तीमा रहेका माटाका भाँडा कारखानाहरुको बजार सानो बन्दै गएको छ। बितेका केही वर्षयता, माटाका भाँडा व्यवसायको नीतिगत समर्थन प्रदान गरिएकाले कुआनयाउ गाँउबस्तीमा चिनियाँ माटाका भाँडाकुँडा हस्तकलाको गैर-भौतिक सम्पदा उत्तराधिकार ह ल्याङ फाले सम्बद्ध कम्पनी खोलेका छन्। पहिलेको उत्पदान तरिकालाई परिवर्तन गरेर यस कम्पनीले दैनिक जीवनमा प्रयोग गरिने माटाका भाँडाकुँडाको उत्पादन गर्ने र माटाका भाँडा संस्कृतिको अनुभव तथा प्रशिक्षणलाई जोड्दै आएको छ। हालसम्म यो कम्पनी अनुसन्धान तथा विकास, उत्पदान, बिक्री एवम् सिक्ने/बनाउने अनुभव प्रदान गरिने मिलिजुली माटा भाँडाकुँडा कला कम्पनी बनेको छ।

यसका साथै कुआनयाउ गाँउबस्तीलाई माटाका भाँडा संस्कृतिसहित विशेषतायुक्त गाँउबस्ती बनाइँदै छ। हरेक वर्ष हजारौं मानिसहरुले यस गाँउबस्तीमा आएर फोटो खिच्ने र घुम्ने गर्दछन। जसबाट स्थानीय होमस्टेको पनि विकास भैरहेको छ। कुआनयाउ गाँउबस्तीमा नयाँ जीवन्त शक्ति देखा परेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु