फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मस्तिष्क पक्षाघात भएकी अस्ट्रेलियाली केटी ग्रेटवालमा

(GMT+08:00) 2017-06-08 09:32:43

6 तारिख 11 वर्षीय मस्तिष्क पक्षाघात भएकी अस्ट्रेलियाली केटी टैलोरले बुबा-आमाका साथमा पैचिङ्गस्थित ग्रेटवालको आरोहण गरेकी छिन्। जन्मदेखि नै मस्तिष्क पक्षाघात भएकाले टैलोर उभिन र हिंड्नसक्दैनन्।

तर आशावादी टैलोरले सन् 2016 मार्चमा परिवारको सहयोगमा अस्ट्रेलियाको सर्वोच्च शिखरको आरोहण गरेकी थिइन्। त्यसपछि उनले चीनको ग्रेटवालमा पुग्ने योजना तयार गरेकी थिइन्।

ग्रेटवालको आरोहणपछि उनले अब पौडी खेलको अभ्यास गर्ने भएका छन्। साथै सन् 2020मा जापानमा आयोजना हुने प्यारा ओलम्पिक खेलकुदमा भाग लिने योजना बनाएकी छिन्।

जानकारी तथा लेखहरु