फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यारा ओलम्पिक खेलकुदका च्याम्पियन स्या च्याङ पोको सुन्दर जीवन

(GMT+08:00) 2017-06-08 09:34:33

28 वर्ष अघि स्या च्याङ पो श छ्वान जिल्लाको एक गरिब परिवारमा जन्मेकी थिइन्। पाँच वर्षको उमेरमा उनलार्इ पक्षाघात भएको थियो। पन्ध्र वर्ष पुग्दा उनी पल्लो शान सी प्रान्तको विकलाङ्ग पौडी टोलीमा सामेल भइन्। तर उनलार्इ पौडी खेल्न आँउदैन थियो। तर उनले निरन्तर पौडी खेलको अभ्यास गरिन् जसबाट उनी पौडी खेल्न मात्र सक्षम भइनन्, उनले सन् 2006मा चीनको विकलाङ्ग पौडी टोलीमा समेत प्रवेश पाइन्। त्यसपछि चिनियाँ राष्ट्रिय टोलीको तर्फबाट प्याराओलम्पिक खेलकुद, विश्व च्याम्पियन प्रतियोगिता, खुला प्रतियोगिताआदि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उनी सहभागी भइन्। बाह्र वर्षको व्यवसायिक जीवनमा उनले 30 वटा स्वर्ण पदकसहित 45 वटा पदक जितिन्। सन् 2016मा उनले व्यवसायिक पौडी खेलबाट अवकाश लिइन्। गत वर्षको अन्त्यमा उनी पैचिंग खेलकुद विश्वविद्यालयमा खेल अभ्यास विषय अध्ययन गर्न भर्ना भएकी छन्। साथै यस वर्षको अन्तर्राष्ट्रिय आमा दिवसको दिन उनी आमा बनेकी छन्। उनले एक छोरा पाएकी छन्।
1  2  3  4  5  
जानकारी तथा लेखहरु