फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसिया बस्तु व्यापार तथा प्रदर्शनी मेला 2017 सुरु

(GMT+08:00) 2017-06-12 19:25:33

दक्षिण तथा दक्षिणपूर्वी एसिया बस्तु व्यापार तथा प्रदर्शनी मेला 2017 चीनको युन्नान प्रान्तको खुन्मिङमा आज जुन 12 तारिख सुरु भयो। यस पटकको प्रदर्शनीमा एक पेटी एक मार्ग वरिपरिका 33 मुलुक र विश्वभरका 86 मुलुकका प्रदर्शनकर्ताहरु सहभागी भएका छन्। हलमा नेपालका लागि दुई सयवटा प्रदर्शनी कक्ष रहेका छन्।

प्रदर्शनीमा भाग लिनका लागि नेपालको वाणिज्य मन्त्रालयका सहसचिव रबीशंकर सैजुको नेतृत्वमा एक टोली आएको छ। पस्मिना, थाङ्का, काष्ठकला, बुद्धचित्त, मूर्तिकला लगायतका नेपाली हस्तकलाका सामानहरुको प्रदर्शनी गर्नका लागि पचासभन्दा बढी नेपाली व्यापारीहरु यस समारोहमा उपस्थित भएका छन्।

दक्षिण तथा दक्षिणपूर्वी एसिया बस्तु व्यापार तथा प्रदर्शनी मेला 2017 कै अवसर पारेर विभिन्न विचार गोष्ठी तथा अनुभव आदानप्रदान कार्यक्रमहरुको पनि आयोजना गरिएको छ। यस्ता कार्यक्रममा भाग लिनका लागि चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईको नेतृत्वमा नेपाली थिङ्कट्याङहरु सहभागी भएका छन् भने नेपाल चीन संचार मन्चका अध्यक्ष किशोर श्रेष्ठको नेतृत्वमा नेपाली पत्रकारहरुको एक टोली पनि सहभागी भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु