फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको गरिबी उन्मूलनको अन्तर्राष्ट्रिय गरिबी निवारण संगठनबाट सक्रिय मूल्यांकन

(GMT+08:00) 2017-06-17 20:02:20

राष्ट्रसंघीय मानव अधिकार समितिको 35औं बैठकको अवसरमा 16 तारिख चिनियाँ एनजिओ नेटवर्क फर अन्तर्राष्ट्रिय आदान-प्रदान र चीन अन्तराष्ट्रिय गरिबी निवारण केन्द्रले जेनेभामा "मानव अधिकारलाई घच्घच्याउन गरिबी उन्मूलन" विषयक बैठकको संयुक्त आयोजना गरेका छन्। विभिन्न सरकारका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था र गैर-सरकारी प्रतिनिधिहरु उक्त बैठकमा सहभागी भएका छन्।

चिनियाँ एनजिओ नेटवर्क फर अन्तर्राष्ट्रिय आदान-प्रदानका उपमहासचिव लिउ खाइ याङ्गले सम्बोधन गर्दै गरिबी अन्तर्राष्ट्रिय समाजका सामु देखापरेको साझा चुनौती हुनुका साथै गरिबी निवारण मानव अधिकारको सुरक्षा र सबलीकरणको महत्वपूर्ण मञ्च रहेको बताउनुभएको छ।

चीनमा अन्तराष्ट्रिय गरिबी निवारण केन्द्रका अनुसन्धाता वाङ्ग स्याउ लीनले दिनुभएको जानकारीअनुसार, विगत तीस वर्षमा चीनले 80 करोड अति-गरिबलाई कम गरेर गरिबी उन्मूलन र मानव अधिकारको विकासमा उत्कृष्ट उपलब्धि हासिल गरेको छ।

त्यसपछि चीन, इथोपियालगायत अन्तर्राष्ट्रिय संगठनले गरिबी निवारणमा चीनको उपलब्धिबारे चर्चा गरेका छन्।

बैठकमा वैचारिक आदान-प्रदान क्रममा सहभागीहरु र सम्बोधन गर्ने व्यक्तिहरुले वैचारिक आदान-प्रदान गरेर चीनको गरिबी उन्मूलन उपलब्धिमाथि सक्रिय मूल्याँकन गर्नुका साथै त्यससित सम्बन्धित अनुभव आदान प्रदान गर्ने प्रतिक्षा गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु