फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधिमण्डल चीन भ्रमणमा

(GMT+08:00) 2017-07-03 19:42:21

चिनियाँ लेखक संघको निमन्त्रणामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपतिको नेतृत्वमा नेपाली लेखकहरुको प्रतिनिधिमण्डलले सात दिन दिने चीन भ्रमण शुरू गरेको छ। उपकूलपति डा विष्णुविभु घिमिरेको नेतृत्वमा नेपाली लेखकहरुको प्रतिनिधिमण्डल आइतबार साँझ काठमाडौँबाट खुन्मिङ आइपुगेको हो।

यस पटकको भ्रमणमा लेखक प्रतिनिधिमण्डलले पैचिङ, खुन्मिङ र छङ तु तीनवटा सहरमा स्थानीय लेखक संघका लेखकहरू भेटघाट विचार विमर्श गर्नेछ।

आज जुलाई तीन तारिख नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुले युननान प्रान्तको सांस्कृतिक संयुक्त संघमा युननानका केही लेखकसँग छलफल आदानप्रदान गर्नुभएको छ।

प्रतिनिधिमण्डलका प्रमुख नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा विष्णु विभु घिमिरेले सम्बोधन गर्दै केही बर्षयता आपसी भ्रमणले दुई मुलुकको साहित्यिक विकासमा ठूलो भूमिका निर्वाह गरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु