फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षामा थ्यानआनमनमा खटिएका सुरक्षाकर्मीको छाता पर्यटकलाई

(GMT+08:00) 2017-08-15 11:08:05

अगष्ट १३ तारिख दिउँसो चार बजेतिर अकस्मात वर्षा भयो। थ्यानआनमन चोकको दक्षिण-पश्चिमी कुनामा राखिएको एउटा हरियो छाताबाहिर एक जना सशस्त्र प्रहरी नचल्मलाइकन उभिइरहेका छन् भने उनको पछाडिको छातामुनी थुप्रै पर्यटकहरु ओत लागिरहेका छन्। यो फोटो एक जना पर्यटकले खिचेका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

वर्षा वा घामका बेला आफ्नो छाता पर्यटकलाई दिनु थ्यानआनमन चोकमा खटिएका सुरक्षाकर्मीका लागि सामान्य कुरा हो। ग्रीष्मकालीन बिदाको बेला थ्यानआनमन चोक पुग्ने पर्यटकहरु प्रशस्त देखिन्छन् र चर्को गर्मीमा लू लाग्नसक्ने पर्यटकका लागि प्रहरीले औषधी पनि तयारी हालतमा राखेका हुन्छन्।

1  2  
जानकारी तथा लेखहरु