फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग चीनका उप प्रधानमन्त्रीको भेट-वार्ता

(GMT+08:00) 2017-08-17 15:55:02

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो अगष्ट सोह्र तारिख काठमाडौंमा नेपाल भ्रमणमा रहनुभएका चीनका उप प्रधानमन्त्री वाङ याङसँग भेट गर्नुभएको छ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल र चीन कठिनाइमा सँगै पार गरेका छिमेकी र असल साथी रहेको भन्दै दुई मुलुकबीचको सम्बन्धको प्रशंसा गर्नु भएको छ। नेपाल सरकार तथा जनताले चीनसँगको परम्परागत मित्रतामा महत्व दिँदै नेपालको राष्ट्रिय विकास तथा प्रकोपपछिको पुनर्निर्माणमा चीनले प्रदान गर्दै आएको समर्थन तथा सहयोगप्रति राष्ट्रपति भण्डारीले आभार व्यक्त गर्नुभएको छ। हालसम्म दुई देश बीचको उच्चस्तरीय आदानप्रदान घनिष्ट रहिरहेको र विभिन्न क्षेत्रमा भएको सहयोग पनि सुचारु चलिरहेको बताइएकोछ। नेपालले राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' अवधारणाको समर्थन गर्दै सम्बन्धित निर्माणमा सक्रियताका साथ भाग लिने राष्ट्रपति भण्डारीले बताउनु भएको छ। नेपालले एक चीन नीतिमा अडिगताका साथ अघि बढ्दै कसैलाई पनि नेपालको भूमि चीन विरोधी गतिविधिमा प्रयोग गर्न नदिइने कुरामा उहाँले जोड दिनुभयो।

सो भेटमा चीनका उप प्रधानमन्त्री वाङ याङले राष्ट्रपति भण्डारीलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना हस्तान्तरण गर्नुभएको छ। उप प्रधानमन्त्री वाङ याङले चीन र नेपाललाई पहाड र नदीले जोडेको राम्रा छिमेकी मुलुक रहेको बताउँदै आपसी सम्बन्ध नमूनाका रुपमा रहेको औँल्याउनुभयो। चीनले नेपालसँगै मिलेर राष्ट्राध्यक्ष सी र नेपाली नेता बीच सम्पन्न महत्वपूर्ण मतैक्यको कार्यान्वयन गर्ने इच्छा चीनले लिएको उहाँले बताउनुभयो। आपसी घनिष्ट उच्चस्तरीय आदानप्रदानको निरन्तरता दिँदै पारस्परिक राजनीतिक विश्वासलाई बलियो पारेर बेल्ट एण्ड रोड इनिसिएटिभको प्रारुपमा दुई देश बीचको वस्तुगत सहयोगलाई गहन तथा विस्तारित पार्दै जाने अपेक्षा पनि चीनले लिएको उपप्रधानमन्त्री वाङले बताउनुभयो। आपसी सम्पर्क तथा यातायातको जोडको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे पारस्परिक सहयोगलाई अझ घनिष्ट पार्दै जाने इच्छा चीनले लिएको बताउँदै युगौयुगसम्म चल्दै आएको आपसी चौतर्फी साझेदारी सम्बन्धलाई अघि बढाउने कुरामा पनि उप प्रधानमन्त्री वाङ याङले जोड गर्नुभएको छ।

सोही दिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले र उप प्रधानमन्त्री वाङ याङबीच पनि भेट-वार्ता भएको छ। भेटमा प्रधानमन्त्री देउवाले चीनसँगको सम्बन्धमा नेपालले महत्व दिँदै द्बिपक्षीय वस्तुगत सहयोगलाई अझ सबल पार्ने इच्छा व्यक्त गर्नुभएको छ। वाङ याङले चीन-नेपाल वस्तुगत सहयोगको फराकिलो र उज्ज्वल भविष्य भएकोले आपसी व्यापार तथा लगानीको परिधिलाई विस्तार गर्दै यातायातको पूर्वार्द्ध, प्रकोपपछिको पुनर्निर्माण लगायतका क्षेत्रमा भैरहेका योजनालाई अघि बढाउनुपर्ने पुष्टि गर्नुभएको छ। कृषि, उर्जा क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्दै मानविय आदानप्रदान, पर्यटन, चिकित्सा तथा स्वास्थ्य, जनशक्तिको तालिम आदि क्षेत्रमा हुने सहयोगलाई प्रवर्द्धन गर्ने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु