फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा ब्रिक्स साझेदारी सम्बन्धलाई सबल पार्दै अझै उज्यालो भविश्य खडा गर्ने कुरामा जोड

(GMT+08:00) 2017-09-04 19:03:24

ब्रिक्स मुलुकका नेताहरूको नवौं शिखर सम्मेलन सेप्टेम्बर चार तारिख विहान फुच्येन प्रान्तको स्यामन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभयो। ब्राजिलका राष्ट्रपति मिशेल टेमेर, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उक्त सम्मेलनमा उपस्थित हुनुभएको छ। पाँच मुलुकका नेताहरूले "सबल ब्रिक्स साझेदारी सम्बन्ध, अझै उज्यालो भविश्यको सिर्जना" मुख्य विषयवस्तु बमोजिम वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, विश्व अर्थतन्त्रको सुशासन, ब्रिक्स मुलुकहरूको सहयोग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान, ब्रिक्स मुलुकहरूको सहयोगको एक दशको सिँहावलोकन, श्रृंखालबद्ध सहमतिहरु तथा ब्रिक्स मुलुकहरूको सहयोगको भावी विकासको निलो पत्रको योजना गरेका छन्।

ठूलो परिधिको सम्मेलनमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले ब्रिक्स मुलुकहरूको सहयोगको दश वर्षको प्रक्रियाको सकारात्मक रुपमा मूल्याकंन गर्दै ब्रिक्स मुलुकहरूको सहयोगका लागि दोस्रो "सुनौलो दश वर्ष" शुरु गर्ने कुरामा जोड दिनुभयो।

विभिन्न मुलुकका नेताहरूले स्यामन सम्मेलनको सकारात्मक रुपमा मूल्यांकन गर्दै सम्मेलनमा प्राप्त विभिन्न उपलब्धिलाई व्यवहारमा उतार्न र ब्रिक्स मुलुकहरूको सहयोग विकासलाई अगाडि बढाउन स्वीकार गरेका छन्।

सानो परिधिको सम्मेलनमा राष्ट्राध्यक्ष सीले नवोदित मुलुक र विकासोन्मुख मुलुकका लागि हामीले खुलापनलाई पालना गर्नुपर्ने, बहुपक्षीय व्यापार प्रणालीलाई पालना गर्नुपर्ने, पारस्परिक हित र साझा विजयीलाई पालना गर्नुपर्ने, हामीले रणनीतिक सुरक्षा समस्याबारे अडानलाई समन्वय गर्नुपर्ने, सहमतिलाई विस्तार गर्नुपर्ने, सहयोगलाई बढाउनुपर्ने कुरा बताउनुभयो।

उक्त सम्मेलनमा "ब्रिक्स मुलुकका नेताहरूको स्यामन घोषणा-पत्र" प्रकाशित गरिएको छ।

जानकारी तथा लेखहरु