फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका उप-प्रधानमन्त्री लिउ यान तुङबीच भेटवार्ता

(GMT+08:00) 2017-09-29 16:52:22

सेप्टेम्बर 28 तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आयोजित पहिलो चीन-अमेरिका समाज तथा जन जनबीच वार्तामा उपस्थित हुनुभएका चीनका उपप्रधानमन्त्री लिउ यान तुङसँग भेटवार्ता गर्नुभएको छ।

लिउ यान तुङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको अभिवादन सुनाउनुभएको थियो। चीनले ट्रम्पलाई राष्ट्राध्यक्ष सीको निमन्त्रणामा चालू वर्षभित्र चीनको राजकीय भ्रमण गर्न स्वागत गरेको लिउले बताउनुभयो। साथै उहाँले चीन र अमेरिकाको साझा प्रयासमा थालिएको पहिलो चीन-अमेरिका समाज तथा जन जनबीच वार्ताले सकारात्मक उपलब्धि हासिल गरेको पनि बताउनुभयो।

ट्रम्पले राष्ट्राध्यक्ष सीको अभिवादनप्रति कृतज्ञता ज्ञापन व्यक्त गर्नुका साथै चीनको राजकीय भ्रमण गर्ने र राष्ट्राध्य सीसँग भेटवार्ता गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु