फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहीदप्रति पुष्पगुच्छा अर्पण गर्दै पैचिङमा शहिद दिवस मनाइँदै

(GMT+08:00) 2017-09-30 18:36:02

सेप्टेम्बर तीस तारिख चीनमा 'शहिद स्मृति दिवस' हो। आज पैचिङमा अवस्थित थेनआनमन चोकमा वीरहरूप्रति फूलको बास्केट अर्पण कार्यक्रम भव्यताका साथ आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका नेतागहरु सी चिन फिङ, ली ख छ्याङ, चाङ त च्याङ, यु चङ शङ, लीउ युन शान, वाङ छी शान, चाङ काउ ली तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उक्त कार्यक्रमा भाग लिएका छन्।

विहान दश बजेतिर सी चिन फिङ लगायतका नेताहरुले थेनआनमन चोक पुग्नुभई वीर शहीदहरुलाई पुष्पगुच्छा अर्पण गर्नुभएको छ।

प्राप्त तथ्याङ्क अनुसार, लगभग दुई करोड शहिदहरुले जातीय स्वतन्त्रता, जनमुक्ति, बलियो देश तथा जनताको सुखमय जीवनको लागि ज्यान उत्सर्ग गरेका छन्। सन् 2014को अगष्ट महिनामा चीनमा हरेक वर्षको सेप्टेम्बर तीस तारिखलाई शहिद स्मृति दिन निश्चित गरिएको हो। यसै दिनमा चीनमा शहिद स्मृति कार्यक्रमहरुको आयोजना भई शहिदहरुसमक्ष सम्मान प्रकट गर्ने गरिन्छ। जसबाट बहादुरहरुको भावना जनमानसमा ताजा हुने आशा गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु