फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा बडादशैंको शुभकामना

(GMT+08:00) 2017-09-30 18:38:25

राष्ट्रपति भण्डारीले महान पर्व वडादशैंले हिमाल–पहाड–तराई–मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय—समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्नुभएको छ। आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ उहाँले वडादशैको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले विजयादशमी–२०७४ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म निरपेक्ष मुलुक भएको र संविधानले सबै धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै उहाँले सन्देशमा संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा द्रुत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।
1  2  
जानकारी तथा लेखहरु