
सन् २०१७को मै महिनामा बेल्ट एण्ड रोड इनिसिएटिभमा संलग्न मुलुकहरुमध्येका २० वटा मुलुकका युवा युवतीहरुमाझ चीनका चारवटा नयाँ आविष्कारसम्बन्धमा मतदान गरिएको छ र ती नयाँ आविष्कारहरू हुन्। एक्सप्रेस रेल, पैपाल, शेयरसाइकल तथा इन्टर्नेट शोपिङ्ग।
विदेशीहरुका आँखामा ती नयाँ आविष्कारहरू चिनियाँहरुको दैनिक जीवनमा सामान्य भैसकेको र तिब्बत पठारभूमिमा सामान्य बनिसकेका छन्। तिब्बतमा इलेक्ट्रोनिक पद्धतिबाट पैसा तिर्ने तरिका केही शोपिङ्ग सेन्टरमा चीनको भित्री भागमाभन्दा अझ व्यापक र धेरै प्रकारको भएको देखिन्छ। शेयरसाइकल ल्हासाका सडकहरु तथा गल्लीमा जताततै पाइन्छ। इन्टर्नेटमा शोपिङ्ग गर्दा अझ सुविधाजनक बन्दै आएको छ र राम्रो गुणस्तर भएका तिब्बती सामानहरु चीनमा होस् वा विदेशमा जता पनि पाइन्छ भने विदेशी सामानहरु पनि तिब्बती पठारभूमिमा निरन्तर प्रवेश भइरहेका छन्। संचालनमा आइसकेको छिङ्गहाई-तिब्बत रेलको गति अझ छिटो हुने अनुमान पनि गरिएको छ।
1 2 3 4 5 6 7