फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद्द्वारा राष्ट्रिय दिवसको अवसरमा स्वागत सम्मेलनको आयोजना

(GMT+08:00) 2017-10-01 18:11:39

सेप्टेम्बर तीस तारिख बेलुकी चीनको राज्य परिषद्ले जन वृहत सभा भवनमा राष्ट्रिय दिवसको अवसरमा स्वागत सम्मेलनको आयोजना गरी जन गणतन्त्र चीनको स्थापना भएको 68औं वार्षिकोत्सव मनाएको छ। सी चिन फिङ, ली ख छ्याङ, चाङ त च्याङ, यु चङ शङ, लिउ युन शान, वाङ छि शान, चाङ काउ लीआदि नेताहरूले एक हजार दुई सय जना चिनियाँ तथा विदेशीसँग राष्ट्रिय दिवस मनाउनुभएको छ।

प्रधानमन्त्री ली ख छ्याङले 68 वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको विभिन्न जातिका जनताले समाजवाद क्रान्ति, निर्माण र सुधारमा ठूलो उपलब्धि हासिल गरेको, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले श्रृंखलाबद्ध महत्वपूर्ण रणनीति र कदम, महत्वपूर्ण नीति प्रस्तुत गरेको, चीनको विशेषतायुक्त समाजवादको कार्यलाई ऐतिहासिक उपलब्धि हासिल गर्न अगाडि बढाएको बताउनुभयो।

यसका साथै उहाँले आयोजना हुनलागेको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशन एक महत्वपूर्ण सम्मेलन भएको भन्दै सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको वरिपरि रहेर "दुई वटा एक सय वर्षको लक्ष्य" लार्इ साकार तुल्याउने र चीन राष्ट्रको विशाल पुनरुत्थानको चीन सपनालाई साकार तुल्याउने क्रममा अझै ठूलो उपलब्धि हासिल गर्ने बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी तथा नयाँ चीन स्थापनाको एक सय वर्षमा सम्पन्न समाज र शक्तिशाली, प्रजातान्त्रिक, मेलमिलापयुक्त समाजवाद तथा आधुनिकीकरण राष्ट्रको निर्माण गर्ने लक्ष्य नै "दुई वटा एक सय वर्षको लक्ष्य" हुन्।

1  2  3  
जानकारी तथा लेखहरु