फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च समुद्र सतहमा पहिलो आपतकालीन बचाउ तथा उपचार केन्द्र ल्हासामा स्थापित

(GMT+08:00) 2017-10-01 18:19:21

चीनमा उच्च समुद्र सतहमा पहिलो उपचार केन्द्र—तिब्बत स्वायत्त प्रदेशीय रेडक्रस ९९९ (तिब्बत) आपतकालीन बचाउ तथा उपचार केन्द्र तीस तारिख ल्हासामा स्थापित गरिएको छ। यो चीनको उच्च समुद्र सतहमा आपतकालीन बचाउ तथा उपचार प्रणाली आधारभूत रुपमा स्थापित भएको प्रतीक हो।

पठारभूमिमा आपतकालीन बचाउको मुख्य काम चिकित्सा सहयोग तथा समयमै अन्यत्र अस्पताल पुर्याउने हो भन्ने जानकारी सो केन्द्रका प्रमुख मा च्युनले दिनुभएको छ।

प्राप्त जानकारी अनुसार, सो केन्द्रमा २० वटा एम्बुलेन्स गाडी र चार्टर उडानका लागि १२ वटा विमान छन् र ती यातायात साधनमा पेशागत उपचार यन्त्र तथा औषधि राखिएको छ। हालसम्म सो केन्द्रबाट मिलिजुली उद्धार, क्षेत्र पार गर्ने चिकित्सक उद्धार, ढुवानी सेवा प्रदान गरिँदैआएको छ। साथै चीनभरि चार्टर विमान, रेल ढुवानी, एम्बुलेन्स उद्धार लगायतका सेवाहरु पनि प्रदान गरिँदैआएको छ। तिब्बतमा यसै केन्द्रका आठ वटा शाखा उद्धार केन्द्र रहेका छन्।

1  2  
जानकारी तथा लेखहरु