फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनका प्रतिनिधिहरु पैचिङमा आउँदै

(GMT+08:00) 2017-10-16 15:37:34

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन अठार तारिख अर्थात् पर्सि बुधबारदेखि पैचिङमा आयोजना हुँदैछ। आज सोह्र तारिख र भोलि सत्र तारिखसम्ममा यसमा सहभागी हुनका लागि पैचिङ बाहिरका २ हजार २ सय जना प्रतिनिधिहरु विमान, रेल अथवा गाडीद्वारा पैचिङ आइपुग्ने छन्। ती प्रतिनिधिहरुले पार्टीका ८ करोड ९० लाख सदस्यहरुको तर्फबाट यस भव्य महाधिवेशनमा भाग लिने छन्।

ती प्रतिनिधिहरुले बितेका पाँच वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी तथा देशको विकास प्रक्रियामा निकै असामान्य पाँच वर्ष भएको विचार व्यक्त गरेका छन्। सी चिन फिङ मुख्य अध्यक्ष रहेको पार्टीको केन्द्रिय समितिले एकताबद्ध भएर पार्टीका सम्पूर्ण सदस्यहरु तथा देशका जनताहरुसँगै सुधार तथा खुलापन एवम् समाजवादी आधुनिकीकरण निर्माणमा ऐतिहासिक उपलब्धि हासिल गरेर चीनको विकासलाई नयाँ ऐतिहासिक स्थानमा ल्याइएको छ। पैचिङ आउनुअघि ती प्रतिनिधिहरुले पार्टीका व्यापक सदस्य तथा जनताबाट राय-सुझाव सुनेर ती आशा, अपेक्षा र सोचविचारलाई महाधिवेशनमा ल्याएका छन्। सम्पन्न समाजको चौतर्फी विकास क्रममा रहिरहेको चीन दुई वटा सय वर्ष भन्ने लक्ष्य र चिनियाँ राष्ट्रको पुनरुत्थानको चिनियाँ सपनालाई साकार तुल्याउने मुख्य घडीमा पनि रहेको छ। यस्तो महत्वपूर्ण घडीमा आयोजना हुने चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन नै चिनियाँ विशेषतायुक्त समाजवादी महाकार्यलाई निरन्तर अघि बढाउँदै लग्ने विश्वास पनि ती प्रतिनिधिहरुले प्रकट गरेका छन्।

जनाए अनुसार, पन्ध्र तारिख बेलुकी आठ बजेसम्म दश वटा भन्दा बढी प्रान्तका प्रतिनिधि मण्डल पैचिङ आइपुगेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु