फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रेस केन्द्रद्वारा चिनियाँ तथा विदेशी सम्वाददाताको स्वागत

(GMT+08:00) 2017-10-17 16:07:12

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रेस केन्द्रले 16 तारिख राति पैचिङ मिडिया होटेलमा भोजन समारोहको आयोजना गरेर लगभग पाँच सय चिनियाँ तथा विदेशी सम्वाददाताको स्वागत गरेको छ।

19औं महाधिवेशन प्रेस विभागका प्रमुख ह्वाङ्ग खुन मिङका अनुसार, आयोजना हुने 19औं महधिवेशन चीनले सम्पन्न समाजको चौतर्फी निर्माण गर्न विजय अवधि र चिनियाँ विशेषतायुक्त समाजवादको विकासका लागि केन्द्रिय अवधिमा आयोजित ज्यादै महत्वपूर्ण महाधिवेशन हो। यो महाधिवेशनले खुला दृष्टिकोणद्बारा चिनियाँ तथा विदेशी सञ्चार माध्यमको अन्तर्वार्ताको स्वागत गर्नेछ। महाधिवेशनले प्रवक्ता प्रेस सम्मेलन र धेरै पत्रकार सम्मेलनको आयोजना गर्नुका साथै प्रतिनिधि च्यानलको स्थापना गरी सुविधाजनक कार्यशैली तथा जीवनशैलीका लागि शर्तहरू सिर्जना गर्नेछ।

19औं महाधिवेश प्रेस केन्द्रका प्रमुख हु स्याउ हानले स्वागत समारोहको अध्यक्षता गर्नुभयो।

प्रेस केन्द्रबाट प्राप्त तथ्यांकअनुसार, कुल 3 हजार 68 जना चिनियाँ तथा विदेशी सम्वाददाताहरुले 19औं महाधिवेशनमा भाग लिएका छन्। त्यसमध्ये हंगकंग, मकाउ तथा थाइवान र विदेशका सम्वाददाताको संख्या 1 हजार 1 सय 18 पुग्दा 18औं महधिवेशनको तुलनामा 6.7प्रतिशत बढेको छ।

1  2  
जानकारी तथा लेखहरु