![]( /mmsource/images/2017/10/21/eb464581d4f54281b4fc71c85a40ece6.jpg)
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको दोस्रो पत्रकार सम्मेलन बीस तारिख बिहान आयोजित भएको छ। चीनका उप प्रचारप्रसार मन्त्री सुन च च्युन, केन्द्रिय सभ्यता कार्यालयका उप प्रमुख स्या वी तुङ, उप सँस्कृति मन्त्री स्याङ चाउ लुन तथा प्रेस, प्रकाशन, रेडियो, टेलिभिजन व्यूरोका उप प्रमुख चाङ हुँ सन् गरी चार जना प्रतिनिधिहरूले सो पत्रकार सम्मेलनमा भाग लिएर चीनमा विचार तथा नैतिकता एवम् साँस्कृतिक निर्माण अवस्थाबारे जानकारी दिनुभएको छ।
समाजवादका मूल मूल्यमान्यताहरू कानूनी निर्माणमा मिसिने क्रममा देखा परेका समस्या सम्बन्धी प्रश्नको जवाफ दिँदै केन्द्रिय सभ्यता कार्यालयका उप प्रमुख स्या वी तुङले भन्नुभएको छः देशको शासनका क्रममा कानून बमोजिम देशको संचालन गर्नु तथा नैतिकताको भरमा देशको संचालन गर्नु यी दुईटै कामले विचार तथा नैतिकताको निर्माण क्रममा एकले अर्कालाई सहयोग गरेर भूमिकाको प्रबर्द्धन नै १८औं महाधिवेशनदेखि विचार तथा नैतिकता निर्माणको एक टड्कारो क्षेत्र हो र जसबाट कानूनी नियम तथा नैतिक मापदण्ड एउटै मूल्य मापदण्डको पालना गर्न सकिएको छ।
चीनको मध्य तथा पश्चिमी भाग एवम् ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई लक्षित सार्वजनिक सांस्कृतिक सेवालाई सबल पार्नेबारेको प्रश्नको जवाफमा उप सँस्कृति मन्त्री स्याङ चाउ लुनले भन्नुभयोः बितेका केही वर्षयता, सार्वजनिक साँस्कृतिक सेवामा प्राथमिक काम भनेको 'अन्तिम एक किलोमिटर'को दूरी हटाउनु भन्ने हो। श्रृंखलाबद्ध कदम चालिएपछि 'सार्वजनिक सांस्कृतिक सेवा प्रत्याभूति ऐन' लगायत सम्बद्ध मापदण्ड स्पष्टसँग तोकिएको छ। साथै शहरी तथा ग्रामीण क्षेत्र ढाकिने सार्वजनिक सांस्कृतिक सेवा नेटवर्कको स्थापना गरिएपछि विभिन्न तहमा सांस्कृतिक श्रोत सबैभन्दा आधारभूत तहमा सुचारू रूपमा पुर्याउन सकिएको छ। यसका अतिरिक्त, आधारभूत तहलाई यथेष्ठ साँस्कृतिक श्रोत विभिन्न तरिकामार्फत प्रदान गरिएको छ। अन्तमा आधारभूत तहमा दक्ष व्यक्तिको निर्माण गरी पेशागत तथा फूर्सदिलो समयमा काम गर्नेहरूको टोलीको निर्माण गरिएको छ।
1 2 3 4