फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको एकीकृत मोर्चा कार्य तथा वैदेशिक आदानप्रदानबारे पत्रकार सम्मेलन

(GMT+08:00) 2017-10-21 16:54:15

चिनियाँ कम्युनिष्ट पार्टीको एकीकृत मोर्चा कार्य तथा वैदेशिक आदानप्रदानबारे पत्रकार सम्मेलन २१ तारिख बिहान पैचिङमा आयोजित भयो। चिनियाँ कम्युनिष्ट पार्टी एकीकृत मोर्चा मन्त्रालयका उप मन्त्री चाङ यी च्यौङ, उप मन्त्री रान वान स्याङ तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वैदेशिक सम्पर्क विभागका उप प्रमुख को ये चौले पार्टीको एकीकृत मोर्चा कार्य तथा वैदेशिक आदानप्रदान बारेमा जानकारी दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी एकीकृत मोर्चा मन्त्रालयका उप मन्त्री चाङ यी च्यौङले जानकारी दिँदै पार्टीको १८औं महाधिवेशनयता, एकीकृत मोर्चा क्षेत्रमा नवीकरण तथा विकास हुँदै आएको र चिनियाँ विशेषतायुक्त समाजवादी महाकार्यमा निकै महत्वपूर्ण जादूको छडीको भूमिका निर्वाह गरेको बताउनुभयो।

पार्टीको वैदेशिक आदानप्रदानबारे चर्चा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वैदेशिक सम्पर्क विभागका उप प्रमुख को ये चौले हालसम्म पार्टीले विश्वका १६० वटा मुलुकका ४०० भन्दा बढी राजनैतिक दलहरू तथा राजनैतिक संगठनसँग नियमित सम्पर्क राखिसकेको जानकारी दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी, बहुक्षेत्रीय र बहुतहको राजनैतिक कूटनीतिको नयाँ संरचना बनिसकेको पनि कोले प्रकाश पार्नुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु