फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिपिसीको 19 औँ महाधिवेशन प्रतिवेदनको ब्याख्या सम्बन्धी पत्रकार सम्मेलन

(GMT+08:00) 2017-10-26 17:50:46

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनका प्रेस प्रवक्ताले आज अक्टोबर छब्बीस तारिख बिहान पैचिङ मिडिया प्रेस केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न पक्षका जिम्मेवार व्यक्तिलाई निमन्त्रणा दिएर 19 औँ महाधिवेशन प्रतिवेदनको ब्याख्या गर्ने र पत्रकारका प्रश्नहरूको जवाफ दिनुभएको छ।

राज्य परिषद् अन्तर्गत कानुन व्यवस्था कार्यालयको पार्टी समूहका सचिव एवं उपप्रमुख युआन शु होङले सो पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको 18 औँ महाधिवेशनदेखि यताका पाँच वर्षमा प्राप्त ऐतिहासिक उपलब्धि सम्पूर्ण र सिर्जनशील रहेको बताउँदै बितेका पाँच वर्षका सुधार गहन र मूलभूत रहेको औँल्याउनुभएको छ।

केन्द्रीय दस्तावेज अनुसन्धान कार्यालयका प्रमुख लङ रोङले चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले नयाँ युगको निर्देश विचारलाई निश्चित पारेको, नयाँ युगमा पार्टीको ऐतिहासिक कार्यभार प्रस्तुत गरेको र नयाँ युगको महान गुरु-योजनाको तर्जुमा गरेको बताउनुभयो। यसका अतिरिक्त 19 औँ महाधिवेशनले नयाँ युगको रणनैतिक बन्दोबस्त मिलाउनुका साथै नयाँ युगमा पार्टी निर्माणको नयाँ आग्रहलाई पनि निश्चित पारेको कुरा पनि उहाँले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु