
चीनको स छ्आन प्रान्तको कान च तिब्बती स्वायत्त प्रिफेक्चरको ताउ फु जिल्लामा विशेषता प्रकारको प्रजनन् केन्द्र स्थापना गरेर गरिवी निवारण कार्य गरिएको छ।

सन् 2016 को सेप्टेम्वरमा ताउ फु जिल्लाअन्तर्गत छवटा गरिवी गाउँमा सत्तरी लाख चिनियाँ युआन लगानी गरेर चार हेक्टर क्षेत्रफलमा बँदेल र बंगुरको प्रजनन् केन्द्र स्थापना गरिएको छ। अहिले सो केन्द्रबाट वार्षिक तीस लाख चिनियाँ युआनभन्दा बढी आय हुने गरेको छ।

केन्द्र स्थापना भएपछि स्थानीय छवटा गरिव गाउँमा वार्षिक आम्दानी तीन लाखदेखि पाँच लाख युआनसम्म आम्दानीमा वृद्धि गराउनेछ।